नीति, योजना तथा अनुगमन महाशाखा
नीति तथा योजना शाखा
- स्वास्थ्य सम्बन्धी संघीय, प्रादेशिक तथा स्थानीयतहका अल्पकालिन तथा दीर्घकालिन नीति, रणनीति, योजना, निर्देशिका, मार्गदर्शन, प्रोटोकल तर्जुमा गर्ने,
- नीति कार्यान्वयन, नीतिको मूल्याङ्कन र नीति विश्लेषण गर्ने,
- असङ्क्रमणीय रोग निदान तथा उपचारका लागि स्थापना भएका विभिन्न स्वास्थ्य संस्थाबीच समन्वय कायम गरी उपयुक्त नीति तयार गर्ने,
- अनुगमन तथा मूल्याङ्कन सम्बन्धी नीति तथा अनुगमन मूल्याङ्कन खाका तर्जुमा गर्ने,
- आवधिक तथा वार्षिक योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनको मार्गनिर्देशन तयार गर्ने,
- स्वास्थ्य सुधार नीतिहरुको विकास गर्ने,
- मन्त्रालय अन्तर्गतका प्रतिष्ठन, परिषद्, समिति परिचालन सम्बन्धमा आवश्यक नीति तथा योजना तर्जुमा गर्ने,
- स्वास्थ्य क्षेत्र मानव संसाधन सम्बन्धी दीर्घकालिन, मध्यकालिन तथा अल्पकालिन नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने,
- मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको साधारण तथा विकास बजेट तर्जुमा गर्ने, गराउने,
- मन्त्रालय र अन्तर्गतका निकायहरुको लागि आवश्यक पर्ने जग्गा, भवन, फर्निचर, मेशिनरी औजार, उपकरण, सञ्चार साधन, सवारी साधन लगायतका भौतिक साधनहरुको योजना तथा आपूर्ति व्यवस्थापन नीति तर्जुमा गर्ने,
- जडिबुटी संरक्षण, सम्बर्द्धन, प्रवर्द्धन र गुणस्तरीय आयुर्वेद औषधि उत्पादन र निकायका लागि नीति तर्जुमा गर्ने,
- आयुर्वेद विभाग र सो अन्तर्गत सञ्चालित कार्यक्रमहरु तर्जुमा गर्ने,
- मन्त्रालय र अन्तर्गतका निकायहरुको लागि आवश्यक पर्ने जग्गा, भवन, फर्निचर, मेशिनरी औजार, उपकरण, सञ्चार साधन, सवारी साधन लगायतका भौतिक साधनहरुको योजना तथा आपूर्ति व्यवस्थापन नीति तयार गर्ने,
- जनसंङख्या सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने,
- बसाईसराई सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने,
- स्वास्थ्य क्षेत्र सुधारका लागि वैकल्पिक वित्तीय व्यवस्थापन गर्ने,
- आर्थिक अध्ययन, अनुसन्धान, नीतिगत तथा कार्यगत अध्ययन गर्ने,
- स्वास्थ्य कार्यक्रमहरुको आर्थिक मूल्याङ्कन, लागत प्रभावी (cost effectiveness), लागत लाभ विश्लेषण (cost benefit analysis) र लागत उपयोगिता (cost utilization analysis) विश्लेषण गर्ने,
- स्वास्थ्य क्षेत्रमा प्राप्त हुने वैदेशिक सहायताको उपयोग क्षमताको अध्ययन गर्ने,
- वैदेशिक सहायताबाट सञ्चालित तथा कार्यक्रमको विश्लेषण र स्वीकृत गर्ने,
- हेल्थ फाइनान्सिङ्ग तथा राष्ट्रिय स्वास्थ्य लेखा सम्बन्धी नीति, रणनीति तयार गरी लागु गर्ने ।
अनुगमन तथा मूल्याङ्कन शाखा
- स्वास्थ्य कार्यक्रमहरु सञ्चालन पश्चात जनतामा परेका प्रभाव मूल्याङ्कनको लेखाजोखा गर्ने,
- मन्त्रालय र अन्तर्गत सरकारी, गैरसरकारी, अर्धसरकारी तथा समितिहरुबाट सञ्चालित कार्यक्रमहरुको अनुगमन सम्बन्धी कार्य गर्ने,
- अनुगमन तथा मूल्याङ्कन सम्बन्धी नीति तथा अनुगमन मूल्याङ्कन खाका तर्जुमा गर्ने र लागु गर्ने,
- कार्यक्रमहरुको तुलनात्मक विश्लेषण गरी मितव्ययिता, कार्यदक्षता तथा प्रभावकारीता ल्याउनका लागि आयोजनालाई पृष्ठपोषण दिने,
- स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु तथा प्रगतिहरुको विश्लेषण गर्ने,
- विभिन्न दातृ निकाय बीच कार्यक्रम योजना, बजेट तर्जुमा, समीक्षा र मूल्याङ्कन गर्ने कार्यमा समन्वय गर्ने,
- स्वास्थ्य सूचकहरुको विकास र समीक्षामा सहयोग गर्ने,
- आधारभूत स्वास्थ्य सेवाको बारेमा अध्ययन र अनुसन्धान गर्ने,
- स्वास्थ्य सम्बन्धी आवश्यक अध्ययन, अनुसन्धान गर्ने,
- नयाँ स्वास्थ्य कार्यक्रमहरुको पाइलट टेष्ट र कार्यगत अनुसन्धान गर्ने/गराउने,
- प्रदेशस्तर तहबाट सञ्चालित कार्यक्रमहरुको मासिक, चौमासिक र वार्षिक समीक्षा गर्न सहजिकरण गर्ने ।
चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा
- स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण संस्था तथा अस्पताल एवं विशिष्टिकृत अस्पताल लगायत प्राविधिक शिक्षालयहरुसँग समन्वय र सहकार्य गर्ने,
- स्वास्थ्य क्षेत्र अन्तर्गतका विभिन्न विधाहरुमा हुने अध्ययन र अनुसन्धानको लागि समन्वय गर्ने,
- मेडिकोलिगल सम्बन्धी नीति, नियम, पूर्वाधार तथा कार्यक्रमहरु तयार गरी लागु गर्ने,
- सरकारी अस्पताल, नीति स्वास्थ्य संस्था, मेडिकल कलेज, प्रयोगशाला सेवा, रेडियोलोजी र ईमेजिङ्ग सेवा सञ्चालन र व्यवस्थापन सम्बन्धी नीतिगत विषयमा समन्वय गर्ने ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा
- जडिबुटि संरक्षण, सम्बर्द्धन, प्रवर्द्धन र गुणस्तरीय आयुर्वेद औषधि उत्पादन र नियमनका लागि नीति तर्जुमाका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्ने,
- आयुर्वेद विभाग र सो अन्तर्गत सञ्चालित कार्यक्रमहरुको योजना तर्जुमा, समन्वय र सहयोग गर्ने,
- आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवाह गर्ने संस्थाहरुको तथ्याङ्क अध्यावधिक गर्ने ।