स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई
- स्वास्थ्य आपतकालिन तथा विपदको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवालयको रुपमा कार्य गर्ने,
- गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद व्यवस्थापन केन्द्र लगायत अन्य सम्बन्धित निकायहरुसंग स्वास्थ्य क्षेत्रको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,
- स्वास्थ्य आपतकालिन तथा विपदको अवस्थामा राष्ट्रिय रोग नियन्त्रण केन्द्रसंग समन्वय गरी द्रुत प्रतिकार्य गर्ने,
- प्रदेश तथा स्थानीय तहसँग स्वास्थ्य आपतकालिन तथा विपदको अवस्थामा केन्द्रिय सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,
- आपतकालिन तथा विपदको अवस्थामा सहयोगी अन्तराष्ट्रिय निकाय, गैरसरकारी एवम् सरोकारवाला संघसंस्थाहरुसंग समन्वय गरी आवश्यक सहयोग परिचालन गर्ने,
- आपतकालिन तथा विपदको अवस्थामा हब तथा स्याटेलाईट अस्पतालहरुबाट सेवा प्रवाह गर्न आवश्यक सहकार्य गर्ने,
- स्वास्थ्य आपतकालिन अवस्थाको सूचनाहरुलाई अभिलेखिकरण गर्ने,
- मापदण्ड निर्धारण तथा क्षमता विकासका लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्रसँग सहकार्य गर्ने ।
थप जानकारीका लागि,
https://www.heoc.gov.np/