उम्मेद्वारहरुको अन्तर्वार्ता सम्वन्धि मिति २०८३-०५-१५ गते प्रकाशित सूचनाका वारेमा थप स्पष्टता गरिएको सम्वन्धि सूचना

उम्मेद्वारहरुको अन्तर्वार्ता सम्वन्धि मिति २०८३-०५-१५ गते प्रकाशित सूचनाका वारेमा थप स्पष्टता गरिएको सम्वन्धि सूचना

मितिः२०८३-०५-१५

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्द सार्वजनिक निकायका पदाधिकारीहरुको नियुक्ति/मनोनयनका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेद्वारहरुको अन्तर्वार्ता सम्वन्धि मिति २०८३-०५-१५ गते प्रकाशित सूचनाका वारेमा थप स्पष्टता गरिएको सम्वन्धि सूचना

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्द सार्बजनिक निकायका पदाधिकारीहरुको नियुक्ति/मनोनयनका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेद्वारहरुको अन्तर्बार्ता सम्बन्धि मिति २०८३-०५-१५ गते प्रकाशित सूचना सम्बन्धमा विभिन्न समिति, परिषद् तथा बोर्डलगायत सार्वजनिक निकायका पदाधिकारीका पदहरू रिक्त रहँदा सम्बन्धित निकायका कामकारबाहीमा समेत प्रभाव परेको अवस्थामा ती निकायहरुमा रिक्तरहेका पदहरूमा यथाशीघ्र पदपूर्ति गरी दैनिक कार्यसम्पादनलाई नियमित गराउन आवश्यक भएकाले रोस्टर सूचीमा सूचीकृत उम्मेदवारहरूको अन्तर्वार्ता कार्यक्रम छोटो समयसीमाभित्र तय भएको जानकारी गराईन्छ। साथै  हालको विषम परिस्थितिलाई दृष्टिगत गर्दै भौतिक रूपमा उपस्थित हुन नसक्ने उम्मेद्वारहरूका हकमा भर्चुअल (अनलाइन) माध्यमबाट समेत अन्तर्वार्तामा सहभागी हुने व्यवस्था मिलाइएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

 

थप जानकारी तथा सहजिकरणका लागिः

रोजिना तण्डुकार

फोन न.९८४००९२०१८

Email: mohpnominationcommittee@gmail.com

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय