जनसंख्या व्यवस्थापन महाशाखा
जनसंख्या व्यवस्थापन तथा सूचना शाखा
- जनसंख्या तथा बसाईसराई सम्बन्धी नीति, ऐन, नियम, योजना र कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गर्ने,
- जनसंख्या नीति निर्माण, निर्देशिका तर्जुमा र समन्वय गर्ने,
- जनसंख्या विषयका अध्ययन तथा अनुसन्धान, सर्भेक्षण एवं विश्लेषण गर्ने,
- सनसंख्या सम्बन्धी अन्तर्राष्ट्रिय सभा सम्मेलनबाट पारित प्रस्ताव तथा कार्य योजनाहरु कार्यान्वयन र समन्वय गर्ने,
- जनसंख्या व्यवस्थापन सूचना प्रणाली विकास र समन्वय गर्ने,
- बसाईसराई सम्बन्धी कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन गर्ने,
- प्रजनन, मृत्यु, विवाह र बसाईसराई (आन्तरिक/बाह्य) जस्ता जनसंख्याका विविध पक्षहरुमा दीर्घकालिन, आवधिक वा वार्षिक कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने,
- जनसंख्याको बृद्धिदर, प्रजनन, मृत्युदर आदि जनसाङ्खियक सूचनाहरु, पाठयपुस्तक तथा सूचना सामग्रीहरुको व्यवस्थापन गरी नीति तथा कार्यक्रम निर्धारण गर्ने र आवश्यकता अनुसार अनुमान एवं प्रक्षेपण लगायतका अन्य विषयका कार्य गर्ने ।
लैङ्गिक समता तथा सामाजिक समावेशिकरण शाखा
- स्वास्थ्य क्षेत्रका लागि विभिन्न तहमा निर्माण गरिने तथा कार्यक्रहरुलाई जेसी संवेदनशिल बनाउन आवश्क समन्वय तथा सहजीकरण गर्ने,
- स्वास्थ्य क्षेत्रमा जेसीलाई संस्थागत गर्ने,
- स्वास्थ्य क्षेत्रका वार्षिक कार्यक्रम तथा बजेटलाई जेसी उत्तरदायी बनाउन मन्त्रालय तथा विभागमा आवश्यक सहजीरण सहयोग गर्ने,
- जेसी सम्वद्ध कार्यक्रमहरुको तर्जुमा तथा कार्यन्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने लगायतका अन्य विषयका कार्य गर्ने।