आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

परिचय

आयुर्वेद विभाग वि.सं. २०१० सालमा स्थापना भई पछि स्वास्थ्य सेवा विभागमा विलय भई लामो समय पश्चात् वि.सं. २०३८ असार ३१ मा आयुर्वेद विभागको रूपमा स्थापना भयो । हाल संघीय संरचना अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रूपमा टेकु काठमाडौमा रहको छ ।

विभागको काम, कर्तव्य र अधिकारः

  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सो अन्तर्गत सञ्चालित कार्यक्रमहरू तर्जुमा तथा समन्वय गर्ने ।
  • आयुर्वेद तथा होमियोप्याथी, युनानी, प्राकृतिक चिकित्सा, आम्ची लगायत वैकल्पिक चिकित्सा सम्बन्धि नीति, गुणस्तर र

मापदण्ड सम्बन्धी आवश्यक कार्यहरू गर्ने ।

  • जडिबुटी संरक्षण, संवर्धन, प्रवर्धन र गुणस्तरीय आयुर्वेद औषधि उत्पादन, अनुसन्धान र नियमनका लागि सरोकारवाला

निकायसंग समन्वयात्मक कार्य गर्ने ।

  • सरकारी तथा निजी संस्थाहरूबाट संचालित आयुर्वेद तथा वैकल्पिक स्थास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको प्रभावकारिताको

अनुगमन, निरीक्षण, स्वीकृति तथा आवश्यक मार्गदर्शन दिने ।

  • आयुर्वेद स्वास्थ्य सेवा व्यवस्थापन र प्रवर्धन सम्बन्धी कार्यहरू गर्ने ।
  • अन्य दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्ने ।

थप जानकारीका लागि

http://www.doaa.gov.np/

औषधि व्यवस्था विभाग

परिचय

वि.सं.२०३६/०७/०१ मा वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत रहने गरी औषधि प्रशासन विभाग (DDA) स्थापना भएको थियो । २०४१ साल पौष पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने निर्णय भयो । नेपाल सरकारले जारी गरेको औषधि ऐन, 2035 अनुसार औषधि र सम्बद्ध औषधि उत्पादनहरूको सुरक्षित, प्रभावकारी र बजारीकरण, वितरण, निर्यात, आयात, भण्डारण र प्रयोगलाई नियमन र नियन्त्रण गर्ने कार्यक्षेत्र यस विभाग अन्तर्गतको रहेको छ।

थप जानकारीका लागि,


http://www.dda.gov.np

स्वास्थ्य सेवा विभाग

परिचय

स्वास्थ्य सेवा विभाग (DoHS) को समग्र उद्देश्य नेपालभरि निवारक, प्रवर्द्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो। विभागको संस्थागत ढाँचा अनुसार, स्वास्थ्य चौकी आधारभूत स्वास्थ्य सेवाहरूको लागि पहिलो सम्पर्क बिन्दु हो।

थप जानकारीका लागि,

http://www.dohs.gov.np