स्वास्थ्य समन्वय महाशाखा

प्रादेशिक तथा स्थानिय स्वास्थ्य समन्वय शाखा

  • कार्य बिस्तृतीकरण बमोजिम प्रदेश तथा स्थानीय तहमा स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक समन्वय सहजिकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउने,
  • प्रदेश तथा स्थानिय तहको स्वास्थ्यको सम्पर्क इकाइको रुपमा कार्य गर्ने,
  • स्वास्थ्य क्षेत्रमा कार्यरत मानव संसादनको अभिलेख राख्ने । मानव संसाधनको आवश्यकताको प्रक्ष्रोपण र मानव संसाधनको विकास सम्बन्धी नीति तथा योजना तर्जूमा सम्बन्धी कार्य गर्ने,
  • स्वास्थ्य क्षेत्र मानव संसाधन सम्बन्धी सूचनाको सङ्कलन, प्रशोधन, विश्लेषण, वितरण, संरक्षण, अद्यावधिक, उपयोग तथा प्रकाशन सम्बन्धी कार्य गर्ने,
  • स्वास्थ्य मानवश्रोतको स्तर निर्धारण, जनशक्ति परिचालन, सेवा शर्त सुविधा सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान तथा विश्लेषण गर्ने,
  • स्वास्थय मानवश्रोत सम्बन्धी तालिम, उत्प्रेरणा तथा वृत्ति विकास सम्बन्धी योजना तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मानवश्रोतको सेवा प्रभावको निरीक्षण अनुगमन गरी आवश्यक मार्गनिर्देशन सम्बन्धी कार्य गर्ने,
  • हर्डिस सुचना प्रणालीलाई सुदृढीकरण गर्ने,
  • स्वास्थ्य मानव श्रोतको लागि तालिम आवश्यकता पहिचान गर्ने ।

बहुक्षेत्रीय समन्वय शाखा

  • बहुपक्षीय सरोकार राख्ने निम्न लिखित विषयवस्तुका सम्बन्धमा सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक कार्य सम्पादन गर्ने,
  • पोषण,
  • कृषि क्षेत्र,
  • लाईभस्टक क्षेत्र,
  • महिला तथा वालबालिका क्षेत्र,
  • वातारणीय स्वास्थ्य, खानेपानी, सरसफाई एवं खाद्य पदार्थ,
  • प्रदुषण तथा विषदी नियन्त्रण एवं औधोगिक, पेशागत तथा आप्रवासीको स्वास्थ्य,
  • सडक दुर्घटना,
  • विद्यालय स्वास्थ्य,
  • आपतकालीन अवस्थाको व्यस्थापन तथा सञ्चालन,
  • सुक्ष्मजिव निरोधक प्रतिरोध रोकथाम,
  • श्रम तथा वैदेशिक रोजगारको लागि जानेहरुको स्वास्थ्य,
  • स्वास्थ्य पर्यटन आदि,
  • स्वास्थ्य सम्बन्धी कार्य गर्ने विभिन्न राष्ट्रियस्तरका गैर सरकारी संघ संस्थाहरुसँग समन्वय कायम गर्ने ।

विकास, सहायता समन्वय शाखा

  • अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वय र सहकार्य गर्ने,
  • वैदेशिक श्रोतको प्रभावकारी परिचालन र उपयोग गर्ने,
  • अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु परिचालन तथा समन्वय गर्ने,
  • वैदेशिक छात्रवृत्ति, तालिम, अध्ययन भ्रमणमा मनोनयन गर्ने,
  • नेपाल सरकार र विदेशी संस्थाबीच भएको सम्झौता बमोजिम कर, भन्सार छुट लगायतका अन्य विषय सम्बन्धी कार्य गर्न ।

सार्वजनिक सूचना समन्वय शाखा

  • सञ्चार व्यवस्थापन सम्बन्धि कार्य गर्ने,
  • गुनासो व्यबस्थापन सम्बन्धी कार्य गर्ने,
  • प्रदेश तथा स्थानिय तहबाट सुचनाहरु संकलन व्यबस्थापन गर्ने,
  • मन्त्रालयका आधिकारिक धारणहरुको सार्वजनिकरण सम्बन्धी कार्य गर्ने,

मन्त्रालय काम कारबाहीहरुको पारदर्शीता लगायत सम्बन्धित अन्य कार्यहरु गर्ने ।