प्रशासन महाशाखा

कर्मचारी प्रशासन शाखा

  • आवश्यक जनशक्तिको दरबन्दी सिर्जना, नियुक्ति, सरुवा, पदस्थापना तथा बढुवा सम्बन्धि कार्य गर्ने,
  • मन्त्रालय अन्तर्गत कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने,
  • मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको कार्यविवरण, कार्यसम्पादन, तालिम, विदा तथा अवकाश तथा विभागीय कारवाही गर्ने,
  • मन्त्रालय र अन्तर्गतको सङ्गठनात्मक संरचना प्रशासन सुधारका कार्यहरु गर्ने,
  • कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी मूल्याङ्कनको अभिलेख तथा व्यवस्थापन गर्ने,
  • स्वास्थ्य सेवाका विभिन्न पदको बढुवाको लागि सचिवालय सम्बन्धी कार्य गर्ने,
  • स्तरवृद्धि सम्बन्धी कार्य गर्ने,
  • मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्तिगत फाइलमा अद्यावधिक गर्ने,
  • लामो अवधिका विदा तथा कारवाहीहरुको अभिलेख राख्ने,
  • अधिकृतस्तरका कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने,
  • मन्त्रालय अन्तर्गत सामान्य प्रशासन समूहका कर्मचारीहरुको सुपरीवेक्षण, अभिलेख, कार्यसम्पादन मूल्याङ्कन गर्ने ।

आर्थिक प्रशासन शाखा

  • विभाग र अन्तर्गतको केन्द्रिय वार्षिक आर्थिक विवरण तयार गर्ने,
  • विभाग अन्तर्गत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने,
  • अन्तर्गतका शाखाहरुको बजेट निकासा गराउने,
  • आन्तरिक लेखापरीक्षण गराउने,
  • विभाग अन्तर्गतका कार्यालयहरुको अन्तिम लेखापरीक्षण गराउने,
  • बेरुजुको लगत राख्ने,
  • बेरुजु फर्छयौट गराउने,
  • विभागको कार्य संचालनको निकासा लिने,
  • दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने,
  • मासिक विवरण तयार गरी पठाउने,
  • आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने,
  • वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।

कानुन शाखा

  • संघीयता कार्यान्वयको क्रममा स्वास्थसंग सम्बन्धित आवश्यक ऐन, नियमावलीहरु तर्जूमा एवम् परिमार्जन गर्ने,
  • प्रदेश तथा स्थानीय तहमा आवश्यक ऐन, नियमावलीहरु तर्जुमा गर्न सहजिहरण गर्ने,
  • मन्त्रालय र अन्तर्गतका निकायहरुको क्रियाकलाप सञ्चालनमा आवश्यक पर्ने ऐन नियम तथा विनियम तर्जुमा गर्ने, कार्यान्वयनको अनुमगन र कानूनी वाधा अडचन फुकाउने सरसल्लाह दिने,
  • मन्त्रालय र अन्तर्गतका निकायहरुलाई आवश्यक पर्ने कानूनी राय सुझाव दिने,
  • मन्त्रालयसंग सम्बन्धित सरकारी मुद्दा मामिला सम्बन्धी प्रतिरक्षात्मक कार्य गर्ने,

आन्तरिक प्रशासन शाखा

  • मन्त्रालयको आन्तरिक प्रशासन, कार्यालय व्यवस्थापन, सरसफाइ र आवश्यक भौतिक व्यवस्था गर्ने,
  • आन्तरिक कर्मचारी प्रशासन, आन्तरिक कार्य विभाजन, हाजिरी, विदा, रमाना, पालो पहरा, खटनपटनको व्यवस्थापन गर्ने,
  • कार्यालय भवन, परिसर, सवारी साधनहरुको मर्मतसंभार तथा व्यवस्थापन गर्ने,
  • मन्त्रालयको आन्तरिक जिन्सी सामानको आपूर्ति तथा व्यवस्था, जिम्मा तथा रेखदेख, संभार, संरक्षण, निरीक्षण तथा प्रतिवेदन सम्बन्धी कार्यहरु गर्ने,
  • सम्पत्ती विवरण सम्बन्धी कार्य,
  • सुशासन सम्बन्धी कार्य,
  • पुस्तकालय व्यवस्थापन तथा ई-लाईब्रेरी संचालन गर्ने ।